Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हिजबुल्लाहले बोक्ने वाकीटकीहरुमा विस्फोट, २०को मृत्यु, ४५० घाइते





एजेन्सी ।
लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन् । बेरुत, बेक्का उपत्यका र दक्षिण लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहले बोकेको वाक्की टक्की विस्फोट भएको छ ।
मंगलबार भएको पेजर विस्फोटको क्रममा मारिनेकै अन्त्येष्टि भइरहेको समयमा पनि विस्फोट भएको थियो । इजरायलका रक्षा मन्त्री युसुफ गालान्टले युद्ध नयाँ चरणमा प्रवेश गरेको बताए पनि यो युद्ध सुरु भएको हो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुरिटेजले यो नाटकीय घटनाले आश्चर्यमा पारेको बताए । इजरायल र हमासको बिचमा ११ महिना लामो युद्धपछि अहिले लेबनानमा भएको यो विस्फोटले धेरैलाई आतङ्कित तुल्याएको छ । आक्रमण अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरमा रहेका धेरै विस्थापितलाई घर फर्कन भनेका छन् । हिजबुल्लाहले हमासको सहयोगमा आफूहरू रहेको जनाएको साथै इरानले आफूलाई साथ भएको पनि जनाएको छ ।
हिजबुल्लाहका नेता हसन नसराल्लाहले बिहीबार सम्बोधन गर्ने छन् । बुधबार हिजबुल्लाहले जनाए अनुसार उनका १३ जना लडाकु मारिएका छन्, यसमा एक जना १६ वर्षीय छन् । मंगलबार एकै पटक लेबनानमा हजारौँ पेजर विस्फोट हुँदा यसले सबैलाई चिन्तामा डुबाएको छ । मंगलबार मारिनेमा १८ वर्षीया किशोरी र ११ वर्षीय बालक समेत थिए ।
हिजबुल्लाहले ५ महिना अघि यस वाकीटकी र पेजर एकै पटक खरिद गरेको थियो । बेरुत अप्थोमालोजिस्टका अनुसार ६० प्रतिशतले एउटा आँखा गुमाएका छन् । धेरैले दृष्टि समेत गुमाएका छन् ।