Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

संविधानमा रहेको त्रुटी संशोधन मार्फत सच्याउन सकिन्छः मुख्यमन्त्री सिंह

कालो दिवस मनाएर जनतालाई भ्रमित पारियोः सभामुख मण्डल





जनकपुरधाम ।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधन मार्फत सच्याउन सकिने बताएका छन् ।
मधेसको गृहसंचार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधन मार्फत त्रुटीहरु सच्याउन सकिने बताए । अहिले प्रदेश सरकारलाई मजबुत बनाउनु आवश्यक छ, मुख्यमन्त्री सिंहले भने ‘प्रदेश सरकार समृद्ध भए संघियताप्रतिको विश्वास पनि विस्तारै बढ्दै जानेछ, संविधान भित्र रहेको त्रुटी संशोधन मार्फत सबैको संविधान बनाउने तर्फ केन्द्रित हुनु पर्छ ।’
उनले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न तर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए । उनले भने ‘अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यक्ता छ, जुन दल संशोधन सुन्नसम्म चाँहदैन थियो तिनै दलहरु अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नु पर्छ ।’
त्यस्तै मधेसका सभामुख रामचन्द्र मण्डलले संविधान गतिशिल दस्तावेज रहेकाले संविधानको बिरोध गर्नुको तुक नरहेको बताए । उनले संविधान दिवसको बिरोधमा कालो दिवस मनाएर जनतामा भ्रम सिर्जना गर्नुको साटो यसका सकारात्मकताको प्रचार तर्फ लागौँ । उनले भने ‘यो संविधान त्यती आएको होइन, हतारमा ल्याइएको होइन, १० वर्ष लगाएर संविधानसभा मार्फत ल्याइएको संविधानले दिएको अधिकार संस्थागत गर्नु अहिलेको आवश्यक्ता छ ।’ जुन संविधानको बलमा पदमा जाने, तलब भत्ता खाईरहेका छौँ त्यही संविधानको बिरोधमा कालो दिवस मनाउनु जनतामा भ्रम सिर्जना गर्नु बाहेक अरु केही नरहेको उनले बताए । यो चरित्र बदल्न सभामुख मण्डलले आग्रह गरे ।
प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाई रहेको छ ।