Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान दिवसको बिरोधमा तमलोपाले लगायो कालो झण्डा





जनकपुरधाम ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको बिरोधमा जनकपुरधाममा कालो झण्डा लगाएको छ । वर्तमान संविधान सम्पूर्ण नेपालीको अधिकारलाई सम्बोधन नगरेको भन्दै तमलोपाले बिरोधमा जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा लगाएको हो ।
तमलोपाका केन्द्रिय सदस्य ईश्वर पण्डितको नेतृत्वमा तमलोपाका नेता कार्यकर्ताहरुले नारावाजी गर्दै कालो झण्डा लगाएका थिए । बिरोधमा सहभागी भएकी तमलोपाका केन्द्रिय सदस्य विभा ठाकुरले मधेसी जनताको बिरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपुरा रहेको बताइन् । उनले सम्पूर्ण नेपालीका माग तथा अधिकार सम्बोधन नभएसम्म आफूहरुले वर्तमान संविधानलाई यथास्थितिमा स्वीकार गर्न नसक्ने बताइन् ।
त्यस्तै संविधान मधेसी जनतामाथी जबरजस्ती लादिएको भन्दै आफूहरुले अपूर्ण संविधानप्रति बिरोध जनाई रह्ने तमलोपाका अर्का नेता बिन्दु ठाकुरले बताइन् ।