Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

संविधान दिवसको बिरोधमा तमलोपाले लगायो कालो झण्डा





जनकपुरधाम ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको बिरोधमा जनकपुरधाममा कालो झण्डा लगाएको छ । वर्तमान संविधान सम्पूर्ण नेपालीको अधिकारलाई सम्बोधन नगरेको भन्दै तमलोपाले बिरोधमा जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा लगाएको हो ।
तमलोपाका केन्द्रिय सदस्य ईश्वर पण्डितको नेतृत्वमा तमलोपाका नेता कार्यकर्ताहरुले नारावाजी गर्दै कालो झण्डा लगाएका थिए । बिरोधमा सहभागी भएकी तमलोपाका केन्द्रिय सदस्य विभा ठाकुरले मधेसी जनताको बिरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपुरा रहेको बताइन् । उनले सम्पूर्ण नेपालीका माग तथा अधिकार सम्बोधन नभएसम्म आफूहरुले वर्तमान संविधानलाई यथास्थितिमा स्वीकार गर्न नसक्ने बताइन् ।
त्यस्तै संविधान मधेसी जनतामाथी जबरजस्ती लादिएको भन्दै आफूहरुले अपूर्ण संविधानप्रति बिरोध जनाई रह्ने तमलोपाका अर्का नेता बिन्दु ठाकुरले बताइन् ।