काठमाडौँ ।
आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ ।
नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले ९ विकेटको क्षतिमा पूरा गरेको छ । क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ ओभर ५ बलमा पूरा गरेको थियो ।