Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

संविधान दिवसमा कैदी नछुट्ने





काठमाडौं ।
संविधान दिवसको अवसरमा यस पटक कैदीहरु नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् ।
गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्की बताए । ‘कैदी बन्दीको विवरण हामीले दुई पटक मन्त्रालयमा पठाइसकेका छौं । तर गृहबाट निर्णय हुन बाँकी भन्ने जानकारी आएकाले भोलि छुट्ने सम्भावना छैन’, उनले भने ।
असार ९मा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि भदौ १७मा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो । ।
दुबै टोलीमा सूचना निकालिएकाहरु असोज ३मा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ । यसअघि जेठ १५मा गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएकामा यो पटक गण्तन्त्र दिवसमा पनि रिहा भएका थिएनन् ।