Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

संविधान दिवसलाई लिएर जनमत पार्टीको दोहोरो मापदण्ड

एकातर्फ मधेस सरकारले खुशियाली मनाउने, अर्को तर्फ संविधान संशोधनको माग





जनकपुरधाम ।
असोज ३ नेपालीहरुले संघिय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको दिन । संविधान दिवसको अवसर पारेर संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरिदैछ । यद्यपि संविधानमा मधेसी, थारु, दलित, जनजातिलाई अझै अधिकार प्राप्ति हुन नसकेको भन्दै मधेस केन्द्रित दल वर्तमान संविधान अपुरा रहेको भन्दै बिरोध जनाउँदै आईरहेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने संविधान दिवसको विरोध गर्दै कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । ती पार्टीका नेता तथा कार्यकर्तालाई सोही अनुसारको निर्देशन पनि पठाइएको छ ।
तर मधेस सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले दोहोरो मापदण्डको प्रयोग गरेको छ । जनमत पार्टीले शान्तिपूर्ण ¥याली निकालेर संविधान संशोधनको माग गर्ने निर्णैय गरेको छ । जनमतका अध्यक्ष डा.सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण र्याली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
जबकी जनमत नेतृत्वको सरकारले संविधान दिवस भव्यता पूर्वक मनाउने गरी कार्यक्रम तय गरेको छ । यस्तो दोहोरो मापदण्ड किन प्रश्नमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले हामीले संविधान पूरै खराब हो भनेका छैनौँ, संविधान संशोधनकालागि दवाब बनाउने गरी कार्यक्रम गर्न मात्रै पार्टीको निर्देशन रहेको बताए । उनले भने ‘यही संविधानलाई टेकेर हामी प्रदेश सरकारको नेतृत्व गरिरहेका छौँ, मन्त्री बनेका छौँ, संविधान पूरै खराब होइन् केही अपुरा माग सम्बोधन गर्नका लागि केही बुँदामा संशोधनको आवश्यक्ता रहेको छ ।’ मुख्यमन्त्री सिंहले संीवधान दिवसको अवसरमा गृह संचार तथा कानून मन्त्रालयले कार्यक्रमको आयोजना गरेको बताए ।