Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान दिवसलाई लिएर जनमत पार्टीको दोहोरो मापदण्ड

एकातर्फ मधेस सरकारले खुशियाली मनाउने, अर्को तर्फ संविधान संशोधनको माग





जनकपुरधाम ।
असोज ३ नेपालीहरुले संघिय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको दिन । संविधान दिवसको अवसर पारेर संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरिदैछ । यद्यपि संविधानमा मधेसी, थारु, दलित, जनजातिलाई अझै अधिकार प्राप्ति हुन नसकेको भन्दै मधेस केन्द्रित दल वर्तमान संविधान अपुरा रहेको भन्दै बिरोध जनाउँदै आईरहेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने संविधान दिवसको विरोध गर्दै कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । ती पार्टीका नेता तथा कार्यकर्तालाई सोही अनुसारको निर्देशन पनि पठाइएको छ ।
तर मधेस सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले दोहोरो मापदण्डको प्रयोग गरेको छ । जनमत पार्टीले शान्तिपूर्ण ¥याली निकालेर संविधान संशोधनको माग गर्ने निर्णैय गरेको छ । जनमतका अध्यक्ष डा.सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण र्याली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
जबकी जनमत नेतृत्वको सरकारले संविधान दिवस भव्यता पूर्वक मनाउने गरी कार्यक्रम तय गरेको छ । यस्तो दोहोरो मापदण्ड किन प्रश्नमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले हामीले संविधान पूरै खराब हो भनेका छैनौँ, संविधान संशोधनकालागि दवाब बनाउने गरी कार्यक्रम गर्न मात्रै पार्टीको निर्देशन रहेको बताए । उनले भने ‘यही संविधानलाई टेकेर हामी प्रदेश सरकारको नेतृत्व गरिरहेका छौँ, मन्त्री बनेका छौँ, संविधान पूरै खराब होइन् केही अपुरा माग सम्बोधन गर्नका लागि केही बुँदामा संशोधनको आवश्यक्ता रहेको छ ।’ मुख्यमन्त्री सिंहले संीवधान दिवसको अवसरमा गृह संचार तथा कानून मन्त्रालयले कार्यक्रमको आयोजना गरेको बताए ।