Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान दिवसमा जनमतले र्याली निकालेर संविधान संशोधनको माग गर्ने





काठमाडौँ ।
जनमत पार्टीले शान्तिपूर्ण र्याली निकालेर संविधान संशोधनको माग गर्ने भएको छ । जनमतका अध्यक्ष डा.सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण र्याली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले नेता कार्यकर्तालाई विभिन्न कार्यक्रम गरेर संविधान संशोधनका लागि सरकारलाई दबाब दिन भनेका छन् । जनमत पार्टीले पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना, प्रदेशको सिमाङ्कन सच्याउन, निर्वाचन क्षेत्र भाषिक तथा जनसंख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था र सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने माग गर्दै आएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने संविधान दिवसको विरोध गर्दै कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । ती पार्टीका नेता तथा कार्यकर्तालाई सोही अनुसारको निर्देशन पनि पठाइएको छ ।
असोज ३ गते मनाउने संविधान दिवसलाई समर्थन गर्ने वा विरोध गर्ने विषयमा जनमत पार्टीले भने केही बोलेको छैन । पार्टीका उपाध्यक्ष ई.दीपक साहले शान्तिपूर्ण ¥याली निकालेर संविधान संशोधनको माग गर्ने बताए ।