Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

पत्रकार ठाकुरको घरमा चोरीपछि डेलिगेसन सहित संचारकर्मीको टोली पुग्यो प्रहरी कार्यालय





जनकपुरधाम ।
जनकपुरधाम ७ स्थित पत्रकार ब्रह्मानन्द ठाकुरको घरमा चोरी भएपछि धनुषाका संचारकर्मीहरु डेलिगेशन सहित जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतको नेतृत्वमा पुगेको संचारकर्मीहरुको टोलीले पछिल्लो समय चोरीका घटनामा बृद्धि भईरहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीलाई डेलिगेशन बुझाएको हो ।
संचारकर्मीहरुको टोलीलाई प्रहररी उपरिक्षक तिवारी चोरीका घटना निर्मूल पार्न धनुषा प्रहरी सक्रिय रहेको दावी गर्दै पत्रकार ठाकुरको घरमा पसेर चोरी गर्नेहरुलाई छिट्टै खोजेर कानूनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । यसका साथै चाडपर्वको समयमा चोरीका घटनाहरु ह्वात्तै बढ्ने भएकाले नगरमा समेत प्रहरीको गस्ती बढाइने उनले बताए ।
डेलिगसनका लागि पुगेका उपाध्यक्ष कामत सहित सुजीत कुमार झा, अजय झा, संजीवकुमार झा, संजय साह लगायतका संचारकर्मीहरु पुगेका थिए ।
पत्रकार ठाकुरको घरमा सोमबार राती लाखोको चोरी भएको थियो । चोरले सिढीको छतबाट घरमा प्रवेश गरी चोरी गरेका थिए । उनको घरबाट सुन ७ भरी, चाँदी २२ भरी, लैपटप १ थान, नगद र अन्य समानहरु चोरी भएको थियो ।