Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्रकार ठाकुरको घरमा चोरीपछि डेलिगेसन सहित संचारकर्मीको टोली पुग्यो प्रहरी कार्यालय





जनकपुरधाम ।
जनकपुरधाम ७ स्थित पत्रकार ब्रह्मानन्द ठाकुरको घरमा चोरी भएपछि धनुषाका संचारकर्मीहरु डेलिगेशन सहित जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतको नेतृत्वमा पुगेको संचारकर्मीहरुको टोलीले पछिल्लो समय चोरीका घटनामा बृद्धि भईरहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीलाई डेलिगेशन बुझाएको हो ।
संचारकर्मीहरुको टोलीलाई प्रहररी उपरिक्षक तिवारी चोरीका घटना निर्मूल पार्न धनुषा प्रहरी सक्रिय रहेको दावी गर्दै पत्रकार ठाकुरको घरमा पसेर चोरी गर्नेहरुलाई छिट्टै खोजेर कानूनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । यसका साथै चाडपर्वको समयमा चोरीका घटनाहरु ह्वात्तै बढ्ने भएकाले नगरमा समेत प्रहरीको गस्ती बढाइने उनले बताए ।
डेलिगसनका लागि पुगेका उपाध्यक्ष कामत सहित सुजीत कुमार झा, अजय झा, संजीवकुमार झा, संजय साह लगायतका संचारकर्मीहरु पुगेका थिए ।
पत्रकार ठाकुरको घरमा सोमबार राती लाखोको चोरी भएको थियो । चोरले सिढीको छतबाट घरमा प्रवेश गरी चोरी गरेका थिए । उनको घरबाट सुन ७ भरी, चाँदी २२ भरी, लैपटप १ थान, नगद र अन्य समानहरु चोरी भएको थियो ।