Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथी धारणा राख्न नपाइने





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने भएका छन् ।
म्ंगलबारबाट सुरु भएको राष्ट्रिय भेला आज साँझ सम्पन्न हुँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४ः३० बजेका लागि तय गरिएको छ ।
राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घोषणा, महाधिवेशनको मिति र स्थान घोषणा ४ः३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ ।
राजनीतिक प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले सहभागीहरुले प्रतिवेदन माथि सुझाव समेत दिन नपाउने भएका छन् । सभापति लामिछाने बाहेक अन्यले पेश गरेका प्रतिवेदनमा भने सहभागी प्रश्न राख्ने पाउने व्यवस्था गरिएको छ ।
‘कार्यतालिकामा सभापतिको प्रतिवेदनमा बोल्न समय नपाउने गरी बनाइएको छ । तर, सहभागीहरूले छलफल गर्न दिनुपर्ने कुरा उठेको छ । के हुन्छ । हामीलाई जानकारी दिईएको छैन ।’ एक प्रतिनिधिले भने ।