Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथी धारणा राख्न नपाइने





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने भएका छन् ।
म्ंगलबारबाट सुरु भएको राष्ट्रिय भेला आज साँझ सम्पन्न हुँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४ः३० बजेका लागि तय गरिएको छ ।
राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घोषणा, महाधिवेशनको मिति र स्थान घोषणा ४ः३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ ।
राजनीतिक प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले सहभागीहरुले प्रतिवेदन माथि सुझाव समेत दिन नपाउने भएका छन् । सभापति लामिछाने बाहेक अन्यले पेश गरेका प्रतिवेदनमा भने सहभागी प्रश्न राख्ने पाउने व्यवस्था गरिएको छ ।
‘कार्यतालिकामा सभापतिको प्रतिवेदनमा बोल्न समय नपाउने गरी बनाइएको छ । तर, सहभागीहरूले छलफल गर्न दिनुपर्ने कुरा उठेको छ । के हुन्छ । हामीलाई जानकारी दिईएको छैन ।’ एक प्रतिनिधिले भने ।