Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

म्यानमारमा यागी आँधीका कारण २ सयको मृत्यु, ८० बढी बेपत्ता





एजेन्सी ।
म्यानमारमा चक्रवात ‘यागी’को प्रभावले भएको भीषण वर्षापछि आएको बाढीमा परी दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँको सैनिक सरकारका अनुसार ८० भन्दा बढी मानिस बेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको छ । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।
आधिकारिक तथ्यांकअनुसार यो आँधीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा सेप्टेम्बरको सुरुदेखि नै ५सय भन्दा बढीको ज्यान लिइसकेको छ । यागीका कारण म्यानमारमा जताततै बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ । धेरै गाउँ डुबानमा परेका छन् । यसका साथै म्यानमारमा ठूलो क्षेत्रफलमा लगाइएको बाली पनि नष्ट भएको छ ।
यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने अवस्था रहेको राष्ट्रसंघले बताएको छ ।