काठमाडौँ ।
बझाङमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
‘यो पहिले गएको भूकम्पको पराकम्प होइन, भूकम्पै हो’, उनले भने, ‘तर यो क्षति पु¥याउने खालको भूकम्प होइन ।’