Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

दशैँमा इन्टरनेट कम्पनीको अफरै अफर





काठमाडौँ ।
चाडबाड नजिक आएसँगै ग्राहकलाई आकर्षित गर्न विभिन्न इन्टरनेट कम्पनीहरुले आफरहरु सार्वजनिक गरेका छन् । अर्थतन्त्र चलायमान हुने यो समयमा आफ्नो उत्पादन थप बिक्री गर्नका लागि हरेक क्षेत्रका कम्पनीले केही न केही अफर ल्याउने गर्छन् । त्यसमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि योजना सार्वजनिक गरेका छन् । इन्टरनेट सेवा प्रदायकमध्ये केहीले दसैँ अफर सार्वजनिक गरिसकेका छन् भने केहीले गर्ने योजनामा छन् ।
इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले दसैँ तिहारलाई लक्षित गरेर ‘कार्निभल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बम्पर उपहारमा ‘नामी’ ब्रान्डको विद्युतीय कार राखिएको छ । नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवै खालका प्रयोगकर्ता यो योजनामा सहभागी हुन सक्नेछन् । तर खल्तीबाट भुक्तानी गर्ने उपभोक्ता मात्रै यसमा सहभागी हुन पाउने वल्र्डलिंकले जनाएको छ । त्यसका साथै सामसङ र बोटका विभिन्न सामग्रीमा ३९ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
त्यस्तै क्लासिक टेकले दसैँ लक्षित ‘तिमीलाई पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट र टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने जनाएको छ । कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेटका साथै टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेटका साथै टिभी बोनस पाउनेछन् । यस योजना अन्तर्गत डुवल ब्याड राउटर समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

डिशहोमले चाडपर्व लक्षित ‘खुसीको सेलिब्रेसन’ योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले तीन महिनाको इन्टरनेट बोनस प्राप्त गर्नेछन् । २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक इन्टरनेट प्याकेजहरूमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायक सुविसुले रिफर अफर ल्याएको छ । यो अफरअन्तर्गत इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क प्रयोग गर्न पाउनेछन् । यसमा एक महिनाको इन्टरनेट तथा क्लियर टिभी दुवै निःशुल्क दिइएको कम्पनीले जनाएको छ ।