Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

तस्करीमा कडाई गर्न मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यको निर्देशन





जनकपुरधाम ।
मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले कार्यभार सम्हाले लगत्तै मातहतका प्रहरी निकायलाई नेपाल–भारत सीमाबाट हुने तस्करीलाई तत्काल रोक्न कडा निर्देशन दिएका छन् ।
डिआईजी आचार्यले नेपाल–भारत सीमाबाट हुने तस्करीमा कुनै प्रहरी अधिकारीको संलग्नता प्रमाणित भएमा उनीहरूलाई तुरुन्त कारवाही गरिने चेतावनी दिए । उनले मधेश प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालय, ईलाका प्रहरी, र प्रहरीचौकीहरुलाई तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन जारी गरेका हुन् ।
डिआईजी आचार्यले भने, “तस्करी भईरहेको कुनै पनि प्रमाण, जस्तै भिडियो वा तस्बिर प्राप्त भएमा तत्कालै सम्बन्धित क्षेत्रका प्रहरी ईन्चार्जलाई कारवाही गरिनेछ । छानबिन प्रक्रिया सुरु हुनेछ र तस्करीमा संलग्न प्रहरी अधिकारीलाई कानूनअनुसार कारवाही गरिनेछ । यसमा कुनै सम्झौता हुनेछैन ।”
विशेष गरी धनुषा लगायतका सीमावर्ती क्षेत्रमा प्रहरीकै मिलोमत्तोमा तस्करी भइरहेको जनगुनासो बढिरहँदा, आचार्यले यस विषयमा गम्भीर कदम चाल्ने संकेत दिए । उनले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कनिष्ठभन्दा पनि वरिष्ठ अधिकारीहरुलाई जिम्मेवार बनाउँदै कारवाही गर्ने बताए ।