Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तस्करीमा कडाई गर्न मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यको निर्देशन





जनकपुरधाम ।
मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले कार्यभार सम्हाले लगत्तै मातहतका प्रहरी निकायलाई नेपाल–भारत सीमाबाट हुने तस्करीलाई तत्काल रोक्न कडा निर्देशन दिएका छन् ।
डिआईजी आचार्यले नेपाल–भारत सीमाबाट हुने तस्करीमा कुनै प्रहरी अधिकारीको संलग्नता प्रमाणित भएमा उनीहरूलाई तुरुन्त कारवाही गरिने चेतावनी दिए । उनले मधेश प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालय, ईलाका प्रहरी, र प्रहरीचौकीहरुलाई तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन जारी गरेका हुन् ।
डिआईजी आचार्यले भने, “तस्करी भईरहेको कुनै पनि प्रमाण, जस्तै भिडियो वा तस्बिर प्राप्त भएमा तत्कालै सम्बन्धित क्षेत्रका प्रहरी ईन्चार्जलाई कारवाही गरिनेछ । छानबिन प्रक्रिया सुरु हुनेछ र तस्करीमा संलग्न प्रहरी अधिकारीलाई कानूनअनुसार कारवाही गरिनेछ । यसमा कुनै सम्झौता हुनेछैन ।”
विशेष गरी धनुषा लगायतका सीमावर्ती क्षेत्रमा प्रहरीकै मिलोमत्तोमा तस्करी भइरहेको जनगुनासो बढिरहँदा, आचार्यले यस विषयमा गम्भीर कदम चाल्ने संकेत दिए । उनले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कनिष्ठभन्दा पनि वरिष्ठ अधिकारीहरुलाई जिम्मेवार बनाउँदै कारवाही गर्ने बताए ।