Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

पितृपक्ष शुरु, गंगासागरमा पितृतर्पण गर्नेहरुको विहानैदेखि भीड (फोटो पनि)





सुजीतकुमार झा ।
जनकपुरधाम
पितृ पक्ष आजदेखि शुरु भएको छ । जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल गंगासागरमा पितृतर्पण गर्नेहरुको विहानैदेखि भीड रहेको थियो । पितृतर्पण पोखरी वा नदीमा गर्ने भएकाले जनकपुरधाम क्षेत्र वरिपरिका व्यक्तिहरु गंगासागरमै आज तर्पण गर्न पुग्ने गरेको पुरहित्याई पेशासंग आबद्ध पण्डित दिगम्बर झा दिनमणिले वताए । सो पोखरी तर्पण गर्नेले भरिएको थियो । वुवा स्वर्गीय भएकाहरु यसपर्वमा कुश, तील जौ र फुली लिएर विशेष पूजा गर्ने गर्छन ।
आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको धार्मिक जानकारहरु वताउँछन । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो पण्डित दिनमणिले वताए ।
यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भनिएको जनकपुरधामको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले वताए ।
एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ । खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो । कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ । पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन् ।
केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुनेगरेको छ । सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने नियम रहेको छ । कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ, औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नुहुन्छ, त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नुपर्छ, यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मङ्सिर १ गते) मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ, तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पारिनुहुन्न जानकारहरु वताउँछन ।
सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मत्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् । यो समयमा श्राद्ध नगरे दोष (प्रत्यवाय) लाग्छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।
श्राद्धको महाभारतमा प्रसंग
श्राद्धको एउटा प्रसंग महाभारत पनि रहेको छ, कौरव–पांडव बीच भएको युद्ध समाप्ति पछि जब सबैथोक समाप्त भए, सबै पात्रहरु आफना फल अनुसार स्वर्ग नर्क प्रस्थान गरेका थिए । दानवीर कर्णको भागमा स्वर्ग प्राप्त भएको थियो त्यही भाग अनुसार उहाँ स्वर्ग पुगेका थिए । उहाँलाई सुन, चांदी र गहना भोजनको स्थानमा दिइएको थियो । यसपछि उहाँले स्वर्गका स्वामी इन्द्रसंग यसको कारण सोधेका थिए ।
इन्द्रले कर्णलाई पूरै जीवनमा तपाईले जहिलेपनि सुन, चांदी र हीरालाई नै दान गरेको थियौ, कहिलेपनि आफनो पूर्वजको नाउँमा भोजन ंदान गरेनौ त्यसैकारण भोजनको रुपमा सूनचाँदी प्राप्त भइरहेको जानकारी गराएका थिए । कर्णले यसको उत्तरमा भने मलाई आफनो पूर्वजको विषयमा कुनै ज्ञाननै थिएन, त्यसैकारण गरिनन ।
यो सुनेपछि इन्द्रले कर्णलाई पृथ्वीमा फिर्ता जान सल्लाह दिएको प्रसंग रहेको छ । जहाँ उहाँले सोलह दिनसम्म भोजन दान गरेका थिए । आफनो पूर्वजलाई तर्पण गरेका थिए । यसप्रकार दानवीर कर्ण पितृ ऋणवाट मुक्त भएको महाभारतमा उल्लेख रहेको छ ।
पितृ दोषवाट मुक्ति
जुन व्यक्तिको कुण्डलीमा यदि पितृ दोष लेखिएको हुन्छ, उहाँलाई सन्तानसंग जुडेको समस्या वनिरहेको हुन्छ । यसका अतिरिक्त घरमा पैसाको समस्या र स्वास्थ्य समस्या वनिरहेको हुन्छ । ज्योतिषमा पितृ दोषबाट बच्न केही उपायहरु देखाइएको छ । पितृ पक्षमा हरेक दिन विहान र वेलुका घरमा रोटी वन्दा पहिला गाईको लागि छुटटै निकालेर राखनुपर्छ । एउटा रोटी गाईलाई र अर्को रोटी कुकुरलाई खुवाउँदा पितृ दोषवाट मुक्ति भेटाउने गरेको जानकारहरु वताउँछन ।
मिथिलाञ्चलमा यो युक्ति धेरैले गर्ने गरेको देखिएको छ ।

फोटो – अलाउदिन साफी