पोखरीमा डुबेर सिरहामा दुई बालबालिकाको मृत्यु





जनकपुरधाम ।
सिराहाका दुई छुट्टछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–४ बस्तिपुर बस्ने सुमित लामाको छोरा ३ वर्षीय नुरगेन लामाको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सिराहाकै औरही गाउँपालिका–५ स्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने सजिबुल खानकी छोरी ३ वर्षीया अलिया खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।