Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

ओरीफ्लेमद्वारा दुई दिने सौन्दर्य तालिम सम्पन्न





काठमाडौँ ।
स्वीडिस मल्टिनेशनल कस्मेटिक्स कम्पनी ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीसंगको सहकार्यमा काठमाडौंमा सौन्दर्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालिम सम्पन्न भएको छ ।
होटल हायातमा भदौ ३१ र असोज १ गते आयोजित तालिममा ओरिफ्लेमका रिटेल, सवबिक्रेता र ब्यूटिशियन गरी ३ सय जनाको सहभागिता रहेको थियो । तालिममा ओरिफ्लेमका ग्लोवल स्किन एक्सपर्ट अन्ना क्रुसले स्किन र व्यूटीका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
मेकअप आर्टिष्ट मेहेक मोहिनले विवाहजस्ता उत्सवमा गरिने मेकअप कसरी आकर्षक बनाउने भन्नेबारे प्रशिक्षण दिएकी थिइन् । अर्का प्रशिक्षक ओरिफ्लेमका ग्लोवल कमर्शियल डाइरेक्टर अन्स लण्डबर्गले व्यवसाय र कम्पनीको नीतिबारे जानकारी दिए । ओरिफ्लेमका स्किन केयर, कलर कस्मेटिक्स, मेकअप, हेयर केयर, बडी केयर जस्ता उत्पादन विश्वप्रसिद्ध ब्राण्डमा पर्छन् । शरीरमा देखिने चाया पोतो, डण्डिफोर तथा चाउरी पर्ने जस्ता छालाजन्य समस्याबाट जोगिनका लागि ओरिफ्लेमका उत्पादन निकै प्रभावकारी सावित भईरहेको उनीहरुको दावी छ ।
यसका साथै, ओरिफ्लेमबाट उत्पादित विश्वप्रसिद्ध ब्राण्ड कलर कस्मेटिक्स रेञ्जबाट उच्च कोटीको मेकअप समेत गर्न सकिन्छ । एडभान्स ग्रुप अफ कम्पनीले ओरिफ्लेमका उत्पादन बिक्री गर्ने मात्र नभई ब्यूटिशियनहरुलाई सौन्दर्य सम्बन्धी परामर्श समेत दिदैं आईरहेको छ ।