Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

निर्माण र सिर्जनाका देवताको चर्चा





सुजीतकुमार झा ।
जनकपुरधाम
हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् ।
आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ?
आज असोज १ गतेका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले आज उनको पूजा गरिन्छ । जनकपुरधाम क्षेत्रमा विहानैदेखि सबै पूजामा लागेका छन । कुनै पसल छैन जहाँ माटोको मूर्ति राखेर पूजा भइरहेको छैन जहाँ मूर्ति राखेर पूजा भइरहेको छैन त्यहाँपनि फोटो राखेर श्रद्धा एवं उल्लासका साथ पूजा भइरहेको छ ।
हिन्दु संस्कृतिमा उनलाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पु¥याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।
यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गरिन्छ । भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रह्माण्डको निर्माण गरेका थिए भनिन्छ । उनी भगवान ब्रह्माका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भनिन्छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।
विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । त्यस दिन सबै कार्य बन्द गरेर उनको पूजा गरिन्छ र अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ । आजको युगका आधारमा उनी त्यो समयका इन्जिनियर थिए । हिन्दु धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।
विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे, त्यसैले उनी देवताका पनि आदरणीय थिए मैथिलीका साहित्यकार एवं सांस्कृतिविद् डा. राजेन्द्र विमल वताउनुहुन्छ ।
जन्म प्रसंग
सृष्टिको रंचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुजीकोे नाभि–कमलबाट ब्रह्माजी उत्पन्न भएका थिए । ब्रह्माजीको पुत्र को नाउँ धर्म थियो, जसको विहे वस्तु नाउँका महिलासंग भएको थियो । धर्म र वस्तु को संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातो पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारागंत थिए । वास्तुको एउटा छोरा भयो, जसको नाउँ
यसैकारणले भगवान विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मशीनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको वताइन्छ । दूई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पंचमुख भएका । उहाँकोे मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पांच पुत्र थियो । यस्तोपनि मान्यता रहेको छ.े पांचै छोरा वास्तु शिल्पको छुटटा छुटटै विधामा पारगंत थिए र उहाँहरुले धेरैकुरोको आविष्कार गरेका थिए । यस प्रसंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पी ईंट र दैवज्ञलाई सुन–चांदीले जोडिन्छ ।

विश्वकर्माको कृति  ?
इन्द्रको सर्र्बािधक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । शास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रह्मालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।
रामायणमा वर्णन गरिए अनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका जुन भगवन श्री कृष्णाको नगरी थियो उहाँले नै निर्माण गरेका थिए पुष्पक विमानको निर्माणपनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख रहेको छ । यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने सामानहरुपनि उहाँले नै वनाएका थिए । कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड आदि ।
विश्वकर्माको महत्व ?
देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले विहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभि अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै ब्यक्तिहरुका लागि देवता हुन् ।
यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्व पनि दैनिक रुपमा बढिरहेको छ । पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घर घरमा उनको पूजा हुन थालेको छ सांस्कृतिविद चन्द्रमोहन झा ‘पड़वा’ले वताए ।
विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाई गरेमा नै विश्वकर्मालाई खुशी तुल्याएको ठहर्छ । विश्वकर्माको तस्बिरमा फूल र माला लगाइदिएर मात्र विश्वकर्मालाई खुसी तुल्याउन सकिदैन ।
भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सूर्य कन्या राशीमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष सेप्टेम्बर १७ मा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि सेप्टेम्बर १७ मा मनाइन्छ । हाम्रो नेपालमा असोज १ गते मनाउने परम्परा रहेको छ ।
विश्वकर्मा पूजाको दिन खासगरी औद्योगिक क्षेत्र, कारखाना, फलामका पसल, सवारी साधन सोरुम, सर्भिस सेन्टर, वर्कसप आदिमा पूजा गरिन्छ । यस दिन मेसिन सफा गरेर रंगरोगन गरी पूजा गरिन्छ । विश्वकर्मा पूजाका दिन मेसिनमा काम गर्न नहुने मान्यता भएकाले यस्ता कलकारखाना बन्द हुन्छन् ।
नेपालमा पनि विश्वकर्मा पूजा गर्ने संस्कृतिको विकास भइरहेको छ । कुनै पनि मेसिनरी कार्य गर्नेहरुले उनको पूजा गर्छन् । कुनै कार्यको शुभारम्भ गरेको बेला विश्वकर्माको पूजाअनिवार्य भएको जनकपुरधामका औषधी व्यवसायी प्रमोद अग्रवालले वताए ।
विश्वकर्मा भगवान को हुन् ?

भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।
भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।
उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् ।
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ ।
उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ सांस्कृतिवद् पड़वाले वताए । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।
विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । हिन्दुहरुले औद्योगिक क्षेत्र, कलकारखाना, उद्योगहरु तथा विभिन्न फलामे औजारमा विश्वकर्मा पूजा गरिरहेका छन् । कलकारखाना, उद्योगधन्दा, मर्मतकेन्द्र, ग्यारेज, सवारीसाधन र यन्त्रसँग सम्बद्ध स्थलमा बिहानै सरसफाइ गरी ध्वजापताका, रंगीचंगी माला रिवनको प्रयोग गरि विश्वकर्माको फोटो राखी बिशेष पूजा पनि गरिन्छ ।
विश्वकर्माको सम्बन्धमा एउटा कथापनि लोकप्रिय रहेको छ । प्रचलित कथा भगवान विश्वकर्माको महत्वलाई स्थापित गरिएको जानकारहरु वताउँछन ।
कथा अनुसार वाराणसीमा धार्मिक व्यवहारवाट चल्नेवला एउटा रथकार आफनो पत्नीको साथ रहदै आएका थिए । आफनो कार्यमा निपुण थिए, तर विभिन्न स्थानमा घुम्दा अत्यधिक मेहनत पछि पनि भोजन वाहेक कुनै धन प्राप्त भइरहेको थिएन । पति जस्तै पत्नीपनि पुत्र नभएका कारण चिन्तित रहँदै आएकी थिइन । पुत्र प्राप्तिका लागि विभिन्न साधु–सन्ताहरु कहाँ पनि जान्थे, तापनि उनको यो इच्छा पूरा भइरहेको थिएन । त्यसैवेला उनको एक छिमेकी ब्राह्मणले रथकारको पत्नीलाई सल्लाह दिए तिमी भगवान विश्वकर्माको शरणमा जाओ, तिम्रो ईच्छा पूरा हुन्छ । अमावस्या तिथिमा व्रत गरेर भगवान विश्वकर्माको महात्म्य सुन्न उहाँले सल्लाह दिएका थिए ।
यसपछि रथकार एवं उहाँकी पत्नीले अमावस्या तिथिमा भगवान विश्वकर्माको पूजा गरे, जसबाट उनीहरुलाई धन–धान्य र पुत्र रत्नको प्राप्ति भयो र उनीहरु सुखी जीवन व्यतीत गर्न लागे सो कथामा उल्लेख रहेको छ ।