Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आफूबिरुद्ध भ्रामक समाचार आएको भन्दै सिके राउतले दिए उजुरी





काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै जिल्ला अदालत काठमाडौ, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी गरेका छन् ।
डा. राउत आफू र पत्नीको पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै राज्यका तीन निकायमा उजुरी गरेका हुन् । शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा, श्यामकुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।
राउतको परिवारको निजी मामिलामा तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएकाले अध्यक्षले उजुरी दर्ता गरेको जनमत पार्टीका प्रवक्ता शरद सिंहले जानकारी गराए ।
विपक्षीले प्रकाशित गरेको विषय अदालतमा दर्ता गरेको आफ्नो व्यक्तिगत विषय भएको राउतले फिराद पत्रमा लेखेका छन् । परस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी र आफ्नो मान प्रतिष्ठामा खलल पु¥याएको उनले फिराद पत्रमा लेखेका छन् ।
राउतले पत्नीको मानसिक अवस्था ठिक नरहेको फिराद पत्रमा लेखेका छन् । सम्बन्ध विच्छेदको माग गर्दै आएकी उनले हाल भने नमानेको बताएका छन् ।
पत्नीले सम्बन्ध विच्छेद माग गरेको अवस्थामा छुट्टै हुने गरी जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको राउतले उजुरीमा लेखेका छन् ।