Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री





एजेन्सी । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई दलको नेता चुनेको हो । आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् ।
मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन् ।
अब वर्तमान मुख्यमन्त्री केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने छन् । १३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले १५ सेप्टेम्बरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।