Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपालमा हिन्दू र बौद्धको जनसंख्या घट्यो, क्रिश्चियन र मुस्लिम बढे





काठमाडौं । नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी अतिरिक्तका अन्य सबै धर्म मान्नेको जनसंख्या घटेको पाइएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा इस्लामको शून्य दशमलव ३० र क्रिश्चियनको जनसंख्या शून्य दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । हिन्दू धर्मावलम्बीको जनसंख्या शून्य दशमलव १५ प्रतिशतले घटेको विभागको तथ्यांकमा छ भने बौद्ध धर्मावलम्बीको संख्या करिब एक प्रतिशतले घटेको छ । बौद्ध र हिन्दु धर्म मान्नेहरूले यसबीचमा धर्मान्तरण गरेर क्रिश्चियन धर्म अपनाएको पाइन्छ ।
२०६८को जनगणना अनुसार नेपालमा हिन्दू धर्मावलम्बीको जनसंख्या ८१ दशमलव ३४ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनामा ८१ दशमलव १९ प्रतिशत छ ।
त्यस्तै बौद्ध धर्मावलम्बीको जनसंख्या २०६८ मा ९ दशमलव ०४ प्रतिशत रहेकोमा पछिल्लो जनगणनामा यो घटेर ८ दशमलव २१ प्रतिशत भएको छ । आदिवासी जनजाति समुदायमा धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउने प्रवृत्ति बढेको असर बौद्ध धर्मावलम्बीको जनसंख्यामा देखिएको बताइन्छ ।
२०६८ को जनगणनामा १ दशमलव ४२ प्रतिशत रहेको क्रिश्चियनको जनसंख्या पछिल्लो जनगणनामा १ दशमलव ७६ प्रतिशत पुगेको छ भने मुस्लिमको जनसंख्या ४ दशमलव ३९ प्रतिशतबाट बढेर ५ दशमलव ०९ प्रतिशत पुगेको छ ।