Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

नेपालमा हिन्दू र बौद्धको जनसंख्या घट्यो, क्रिश्चियन र मुस्लिम बढे





काठमाडौं । नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी अतिरिक्तका अन्य सबै धर्म मान्नेको जनसंख्या घटेको पाइएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा इस्लामको शून्य दशमलव ३० र क्रिश्चियनको जनसंख्या शून्य दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । हिन्दू धर्मावलम्बीको जनसंख्या शून्य दशमलव १५ प्रतिशतले घटेको विभागको तथ्यांकमा छ भने बौद्ध धर्मावलम्बीको संख्या करिब एक प्रतिशतले घटेको छ । बौद्ध र हिन्दु धर्म मान्नेहरूले यसबीचमा धर्मान्तरण गरेर क्रिश्चियन धर्म अपनाएको पाइन्छ ।
२०६८को जनगणना अनुसार नेपालमा हिन्दू धर्मावलम्बीको जनसंख्या ८१ दशमलव ३४ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनामा ८१ दशमलव १९ प्रतिशत छ ।
त्यस्तै बौद्ध धर्मावलम्बीको जनसंख्या २०६८ मा ९ दशमलव ०४ प्रतिशत रहेकोमा पछिल्लो जनगणनामा यो घटेर ८ दशमलव २१ प्रतिशत भएको छ । आदिवासी जनजाति समुदायमा धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउने प्रवृत्ति बढेको असर बौद्ध धर्मावलम्बीको जनसंख्यामा देखिएको बताइन्छ ।
२०६८ को जनगणनामा १ दशमलव ४२ प्रतिशत रहेको क्रिश्चियनको जनसंख्या पछिल्लो जनगणनामा १ दशमलव ७६ प्रतिशत पुगेको छ भने मुस्लिमको जनसंख्या ४ दशमलव ३९ प्रतिशतबाट बढेर ५ दशमलव ०९ प्रतिशत पुगेको छ ।