Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निर्वाचनमा पराजित भएपछि जीतेन्द्रप्रसाद साहको राजनीतिक दलप्रतिको दुखेसो





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएपछि जीतेन्द्रप्रसाद साहद्वारा सामाजिक सञ्जालमा देखिएको स्टेट्स अहिले निक्कै चर्चा भईरहेको छ । उनले स्टेटस मार्फत घुमाउरो पारामा नेपाली कांग्रेसको भूमिकाको आलोचना गरेका छन् ।
फेसबुकमा उनले लेखेको स्टेट्समा भनिएको छ ‘दिनहुँ पार्टीमा लागेर आफ्नो सम्पूर्ण जिवन निछावर गर्ने कार्यकर्ताको मूल्यांकन हुँदैन तबसम्म पार्टी बलियो हुन सक्दैन । नव प्रवेसी हरुलाइ आउने बित्तिकै छिटो के न के सम्झेर स्थान दिनु आफ्नो स्वार्थका कारण कार्यकर्ताको चिरहरन गरि जातीय तथा पुजिपती एवं पैसा रुपैयाँ कसले कति खर्च गर्छ यस्तो मुल्यांकन गर्नु एकदमै गलत हो ।’
पार्टीको हैकमबादी प्रवृति जबसम्म सामाप्त हुँदैन तबसम्म यस्ता क्रियाकलापको अन्त्य हुने सम्भावना न्यून हुँदै जान्छ । उनको स्टेट्समा पार्टीका सच्चा कार्यकर्तालाई स्थान दिनुपर्छ भन्ने आशय रहेको ।
उनले लेखेको स्टेट्समा दर्जनो व्यक्तिले समर्थन जनाएका छन् ।