Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

निर्वाचनमा पराजित भएपछि जीतेन्द्रप्रसाद साहको राजनीतिक दलप्रतिको दुखेसो





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएपछि जीतेन्द्रप्रसाद साहद्वारा सामाजिक सञ्जालमा देखिएको स्टेट्स अहिले निक्कै चर्चा भईरहेको छ । उनले स्टेटस मार्फत घुमाउरो पारामा नेपाली कांग्रेसको भूमिकाको आलोचना गरेका छन् ।
फेसबुकमा उनले लेखेको स्टेट्समा भनिएको छ ‘दिनहुँ पार्टीमा लागेर आफ्नो सम्पूर्ण जिवन निछावर गर्ने कार्यकर्ताको मूल्यांकन हुँदैन तबसम्म पार्टी बलियो हुन सक्दैन । नव प्रवेसी हरुलाइ आउने बित्तिकै छिटो के न के सम्झेर स्थान दिनु आफ्नो स्वार्थका कारण कार्यकर्ताको चिरहरन गरि जातीय तथा पुजिपती एवं पैसा रुपैयाँ कसले कति खर्च गर्छ यस्तो मुल्यांकन गर्नु एकदमै गलत हो ।’
पार्टीको हैकमबादी प्रवृति जबसम्म सामाप्त हुँदैन तबसम्म यस्ता क्रियाकलापको अन्त्य हुने सम्भावना न्यून हुँदै जान्छ । उनको स्टेट्समा पार्टीका सच्चा कार्यकर्तालाई स्थान दिनुपर्छ भन्ने आशय रहेको ।
उनले लेखेको स्टेट्समा दर्जनो व्यक्तिले समर्थन जनाएका छन् ।