Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघलाई सबैभन्दा बढी अध्यक्ष दिने वडा नम्बर ५

वडा ५कै भण्डारीले पाए १४औँ अध्यक्षको जिम्मेबारी





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको गत शनिवार सम्पन्न निर्वाचनबाट सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारी निर्वाचित भएसंगै जनकपुरधाम उद्योग वाणिज्य संघलाई सबैभन्दा बढी पटक नेतृत्व दिने वडा बन्न जनकपुरधामको वडा नम्बर ५ सफल भएको छ । भण्डारीले जउवा संघको १४औँ अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने छन् ।
रोचक त के छ भने यसपटकको निर्वाचनमा कोही निर्वाचित भएपनि वडा नम्बर ५कै व्यापारी नेताले जउवा संघको अध्यक्षको रुपमा जिम्मेबारी सम्हाल्ने थिए । भण्डारीसंगै अध्यक्ष पदमा वडा नम्बर ५कै मनिषरमण साह र जितेन्द्र प्रसाद साह चुनावी प्रतिस्पर्धामा थिए ।
वडा नम्बर ५बाट यस अघि बजरंग प्रसाद साह, रामनरेश साह, निर्मलकुमार चौधरी र ललित साहले जउवा संघको नेतृत्व सम्हालि सकेका छन् । भण्डारी निर्वाचित भएसंगै यो वडाले जउवा संघलाई ५औँ अध्यक्ष दिन सफल भएको हो ।
जनकपुरधामको वडा नम्बर ५पछि सबैभन्दा बढी अध्यक्ष दिने वडा हो वडा नम्बर ४ । यो वडाले जउवा संघलाई अहिलेसम्म ४ पटक नेतृत्व प्रदान गरिसकेको छ । यही वडाले जउवा संघलाई रामवृक्ष चौधरीलाई संस्थापक अध्यक्षको रुपमा प्रदान गरिसकेको छ । चौधरीका अतिरिक्त वडा नम्बर ४बाट रामरतन गुप्ता, रामसुन्दर साह र रमेशकुमार साह जउवा संघको अध्यक्षको रुपमा नेतृत्व सम्हाली सकेका छन् ।
वडा नम्बर ४ र वडा नम्बर ५ जनकपुरधाम बजारमा एक अर्को वडासंग टासिएको वडा हो । कुल १४ पटक नेतृत्व पाई सकेको जउवा संघलाई ९ पटक यीनै दुई वडाले प्रदान गरिसकेको छ ।
यी दुई वडाले सबैभन्दा बढी पटक नेतृत्व दिनु पछाडीको कारणका विषयमा पूर्व अध्यक्ष निर्मलकुमार चौधरी भन्छन् यी दुई वडामा पहिले देखि नै बजार हुनु र जनघनत्व बढी हुनु हो । उनले भने ‘जनकपुरधामको साबिक बजार यीनै दुुई वडामा रहेकाले नेतृत्वपनि यीनै दुई वडाले सबैैभन्दा बढी पटक दिएको हो ।’ अब बजार फैलि सकेकाले नेतृत्व पनि अब अन्य अन्य वडाले प्रदान गरिरहेको चौधरीले बताए ।