Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

जउवा संघलाई सबैभन्दा बढी अध्यक्ष दिने वडा नम्बर ५

वडा ५कै भण्डारीले पाए १४औँ अध्यक्षको जिम्मेबारी





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको गत शनिवार सम्पन्न निर्वाचनबाट सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारी निर्वाचित भएसंगै जनकपुरधाम उद्योग वाणिज्य संघलाई सबैभन्दा बढी पटक नेतृत्व दिने वडा बन्न जनकपुरधामको वडा नम्बर ५ सफल भएको छ । भण्डारीले जउवा संघको १४औँ अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने छन् ।
रोचक त के छ भने यसपटकको निर्वाचनमा कोही निर्वाचित भएपनि वडा नम्बर ५कै व्यापारी नेताले जउवा संघको अध्यक्षको रुपमा जिम्मेबारी सम्हाल्ने थिए । भण्डारीसंगै अध्यक्ष पदमा वडा नम्बर ५कै मनिषरमण साह र जितेन्द्र प्रसाद साह चुनावी प्रतिस्पर्धामा थिए ।
वडा नम्बर ५बाट यस अघि बजरंग प्रसाद साह, रामनरेश साह, निर्मलकुमार चौधरी र ललित साहले जउवा संघको नेतृत्व सम्हालि सकेका छन् । भण्डारी निर्वाचित भएसंगै यो वडाले जउवा संघलाई ५औँ अध्यक्ष दिन सफल भएको हो ।
जनकपुरधामको वडा नम्बर ५पछि सबैभन्दा बढी अध्यक्ष दिने वडा हो वडा नम्बर ४ । यो वडाले जउवा संघलाई अहिलेसम्म ४ पटक नेतृत्व प्रदान गरिसकेको छ । यही वडाले जउवा संघलाई रामवृक्ष चौधरीलाई संस्थापक अध्यक्षको रुपमा प्रदान गरिसकेको छ । चौधरीका अतिरिक्त वडा नम्बर ४बाट रामरतन गुप्ता, रामसुन्दर साह र रमेशकुमार साह जउवा संघको अध्यक्षको रुपमा नेतृत्व सम्हाली सकेका छन् ।
वडा नम्बर ४ र वडा नम्बर ५ जनकपुरधाम बजारमा एक अर्को वडासंग टासिएको वडा हो । कुल १४ पटक नेतृत्व पाई सकेको जउवा संघलाई ९ पटक यीनै दुई वडाले प्रदान गरिसकेको छ ।
यी दुई वडाले सबैभन्दा बढी पटक नेतृत्व दिनु पछाडीको कारणका विषयमा पूर्व अध्यक्ष निर्मलकुमार चौधरी भन्छन् यी दुई वडामा पहिले देखि नै बजार हुनु र जनघनत्व बढी हुनु हो । उनले भने ‘जनकपुरधामको साबिक बजार यीनै दुुई वडामा रहेकाले नेतृत्वपनि यीनै दुई वडाले सबैैभन्दा बढी पटक दिएको हो ।’ अब बजार फैलि सकेकाले नेतृत्व पनि अब अन्य अन्य वडाले प्रदान गरिरहेको चौधरीले बताए ।