Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाराको निजगढमा बस पुलबाट खस्यो, एकको मृत्यु, ४२ जना घाइते





जनकपुरधाम ।
बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका– ८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । ‘दुर्घटनामा दाङको गडवा गाउँपालिका–५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ,’ सापकोटाले भने, ‘यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।’
विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पुलबाट तल खसेको उनले बताए । घाइते ४२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । ‘गम्भीर घाइते सात जनाको अहिले बयोधा अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने, ‘सामान्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।’
अगाडिपट्टीको पट्दा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले बताए । घाइतेमध्ये सामान्य अवस्थाका २७ जनाको निजगढस्थित प्रसूती अस्पतालमा र आठ जनाको सिटी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा बसका चालक सल्यानको शारदा नगरपालिका– ३ का करिब ४० वर्षीय बलबहादुर भण्डारी पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।