Breaking 
लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो |

विश्वकप लिग २ अन्तर्गत नेपाल आज क्यानाडासंग भिड्दै





काठमाडौं ।
विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ । क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई÷दुई खेल खेल्नेछ ।
नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग–२ का खेल खेल्न लागेको हो । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४/२०२६ अन्तिमसम्म चल्ने लिग–२ को सुरुवात भएको थियो । त्यसपछि नेपालले खेलेको थिएन ।
नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ । ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी–२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।
उक्त सिरिज खेलेर नेपाल लिग २का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।