जनकपुरधाम ।
आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) मनाइँदैछ । यस अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले सूचना निकालेर मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आज भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउने गर्छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्म दिवस मनाई रहेका छन् ।