Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

जउवासंघको पदाधिकारीहरुको मतगणना सम्पन्न

महासचिवमा फुलदेव, सचिवमा नरेन्द्र र कोषाध्यक्षमा परमेश्वर निर्वाचित





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पदधिकारीहरुकोे मतगणना आज राती सम्पन्न भएको छ । महासचिवमा फुलदेव पण्डित, सचिवमा नरेन्द्रविक्रम साह र कोषाध्यक्षमा परमेश्वर साह आशा निर्वाचित भएको जानकारी निर्वाचन समितिका संयोजक ललित साहले दिएका छन् ।
महासचिवमा विजयी भएका पण्डितले १५ सय ८३ मत ल्याएका छन् । उहाँको निकटतम प्रतिद्वन्दी सुधीर पजियारलाई ७८९ मत आएको छ । महासचिवमा तेस्रो भएका अशोककुमार चौधरीलाई ६१९, चौथो भएका गणेशप्रसाद साहलाई ५०५ मत आएको छ । यसैगरी सचिव पदमा नरेन्द्र विक्रम साह ‘निरज’ विजयी भएका छन् । उहाँलाई १३९६ मत आएको छ । उहाँका निकटतम प्रतिद्वन्दी गोपीकुमार साह चन्दनलाई ९४१, राकेश पजियारलाई ७३५ र श्रवणकुमार साहलाई ४२४ मत आएको छ ।
यसैगरी कोषाध्यक्षमा परमेश्वर साह आशाले १४४३ मत ल्याई विजयी भएका छन् । उहाँको निकटतम प्रतिद्वन्दी मनोजकुमार शर्मालाई ९४८ मत, राकेशकुमार साहलाई ६७१ र रामचन्द्र पजियार करणले ४१२ मत आएको छ ।
यसअघि अध्यक्षमा सुरेन्द्र भण्डारी, वरिष्ठ उपाध्यक्षमा मनोज साह दबाइवला र महिला उपाध्यक्षमा रिंकु साह विजयी भएका थिए । अध्यक्षमा विजयी भएका भण्डारीको १६४४ मत आएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी मनिषरमण साहको १५०२ मत र तेस्रो भएका जीतेन्द्रप्रसाद साहलाई २९३ मत आएको छ । उपाध्यक्षमा विजयी भएका मनोजलाई १८११, अम्भुप्रसाद साहलाई ११२६ मत, विकाशकुमार चौधरीलाई ५५० मत आएको छ ।
महिला उपाध्यक्षमा विजयी भएका रिंकुलाई १६०० मत, उहाँका निकटतम प्रतिद्वन्दी मायाकुमारी साहलाई ११४४ र सरिता ठाकुरलाई ७५५ मत आएको छ । यसैगरी एशोसिएट सदस्यमा अभिशेक चौधरी १२५ मत ल्याई विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्दी दिपककुमार साहलाई ६० मत आएको छ ।