Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवासंघको पदाधिकारीहरुको मतगणना सम्पन्न

महासचिवमा फुलदेव, सचिवमा नरेन्द्र र कोषाध्यक्षमा परमेश्वर निर्वाचित





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पदधिकारीहरुकोे मतगणना आज राती सम्पन्न भएको छ । महासचिवमा फुलदेव पण्डित, सचिवमा नरेन्द्रविक्रम साह र कोषाध्यक्षमा परमेश्वर साह आशा निर्वाचित भएको जानकारी निर्वाचन समितिका संयोजक ललित साहले दिएका छन् ।
महासचिवमा विजयी भएका पण्डितले १५ सय ८३ मत ल्याएका छन् । उहाँको निकटतम प्रतिद्वन्दी सुधीर पजियारलाई ७८९ मत आएको छ । महासचिवमा तेस्रो भएका अशोककुमार चौधरीलाई ६१९, चौथो भएका गणेशप्रसाद साहलाई ५०५ मत आएको छ । यसैगरी सचिव पदमा नरेन्द्र विक्रम साह ‘निरज’ विजयी भएका छन् । उहाँलाई १३९६ मत आएको छ । उहाँका निकटतम प्रतिद्वन्दी गोपीकुमार साह चन्दनलाई ९४१, राकेश पजियारलाई ७३५ र श्रवणकुमार साहलाई ४२४ मत आएको छ ।
यसैगरी कोषाध्यक्षमा परमेश्वर साह आशाले १४४३ मत ल्याई विजयी भएका छन् । उहाँको निकटतम प्रतिद्वन्दी मनोजकुमार शर्मालाई ९४८ मत, राकेशकुमार साहलाई ६७१ र रामचन्द्र पजियार करणले ४१२ मत आएको छ ।
यसअघि अध्यक्षमा सुरेन्द्र भण्डारी, वरिष्ठ उपाध्यक्षमा मनोज साह दबाइवला र महिला उपाध्यक्षमा रिंकु साह विजयी भएका थिए । अध्यक्षमा विजयी भएका भण्डारीको १६४४ मत आएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी मनिषरमण साहको १५०२ मत र तेस्रो भएका जीतेन्द्रप्रसाद साहलाई २९३ मत आएको छ । उपाध्यक्षमा विजयी भएका मनोजलाई १८११, अम्भुप्रसाद साहलाई ११२६ मत, विकाशकुमार चौधरीलाई ५५० मत आएको छ ।
महिला उपाध्यक्षमा विजयी भएका रिंकुलाई १६०० मत, उहाँका निकटतम प्रतिद्वन्दी मायाकुमारी साहलाई ११४४ र सरिता ठाकुरलाई ७५५ मत आएको छ । यसैगरी एशोसिएट सदस्यमा अभिशेक चौधरी १२५ मत ल्याई विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्दी दिपककुमार साहलाई ६० मत आएको छ ।