Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपाले जितेन्द्र सोनललाई सोध्यो स्पष्टीकरण





जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्पष्टीकरण सोधेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सोनलसंग स्पष्टीकरण मागेका हुन् । आफैले प्रदेशसभा सदस्य जयनुल राइनको अध्यक्षतामा बैठक डाकेर आफैलाई संसदीय दलको नेता चयन गरेको भन्दै लोसपाले ३ दिन भित्र जवाफ दिनेगरी स्पष्टीकरण मागेको हो ।
प्रदेशसभा सदस्य राइनको अध्यक्षतामा बसेको बैठकबाट संसदीय दलको नेतामा सोनललाई चयन गरिएको थियो । लगत्तै अध्यक्ष ठाकृुरले एक विज्ञप्ति जारी गर्दै लोसपा मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा नै रहेको स्पष्ट पारिएको थियो ।
त्यसको केही घण्टा नबित्दै तपाईलाई कारबाही किन नगर्ने भन्दै ३ दिन भित्र चित्रबुझ्दो जवाफ दिने गरी अध्यक्ष ठाकुरले सोनलसंग स्पष्टीकरण मागिएको हो ।
स्पष्टीकरणको जवाफ नदिइए पार्टीबाट निश्कासन गरिने चेतावनी समेत दिइएको छ ।