Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

व्यक्तिगत महत्वाकांक्षाका लागि काम गर्नेमाथी कारबाही गर्छौँः उपेन्द्र महतो

‘लोसपा मधेसको संसदीय दलका नेता अभिराम शर्मा नै हुन’





लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएको विभिन्न संचारमाध्यममा एकाएक समाचार आयो । त्यसको केही घण्टा नबित्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरिक एक विज्ञप्ति जारी गर्दै लोसपा मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मालाई नै निरन्तरता दिइएको जनाइयो । यसले लोसपा भित्रको विवादलाई छत्ताछुल्ल पारेको छ । यस विषयमै केन्द्रित रहेर लोसपा मधेस प्रदेशका प्रभावशाली नेता एवं प्रदेशसभा सदस्य उपेन्द्र महतोसंग मोडेलखबरका समाचार संयोजक जयन्त ठाकुरले कुराकानी गरेका छन ।

अभिराम शर्मा नै संसदीय दलको नेता रहेको अवस्थामा जितेन्द्र सोनललाई संसदीय दलको नेता चयन गरिएको समाचार कसरी बाहरियो ?
हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गर्नु भएको आजकै विज्ञप्तिले स्पष्ट पारेको छ लोसपा मधेसको संसदीय दलको नेता अभिराम शर्मा नै हुन् । कसैलाई सामाजिक सञ्जालमा बधाई दिएर कुनै दलको संसदीय दलको नेताको रुपमा चयन गर्न सकिदैन । अभिराम शर्माजी नै हाम्रो संसदीय दलको नेता हुनु हुन्छ ।
अभिराम शर्मा निलम्बित रहेको अवस्थामा उहाँलाई कसरी निरन्तरता दिनु भएको छ यहाँहरुले ?
निलम्बन जो कसैलाई पनि गर्न सकिन्छ । अभिराम शर्मा अझै मधेसको प्रदेशसभाका प्रदेशसभा सदस्य हुनु हुन्छ । उहाँको पद अहिले रिक्त भएको छैन । उहाँको निलम्बन फुकुवा भए लगत्तै फेरी आफ्नो कार्यभार सम्हाल्नु हुन्छ ढुक्क हुनुस ।
निलम्बन भई सकेको अवस्थामा अभिराम शर्माको विकल्पको खोजीमा यहाँहरु हुनु हुन्छ कि नाई ?
पक्कै पनि होइन । उहाँ व्यक्तिगत मुद्दामा पर्नु भएको छैन । उहाँलाई मधेस र मधेसीकालागि लडेकै कारण फसाइएको यथार्थ यहाँका जनतालाई बुझ्न जरुरी छ । उहाँको मुद्दाको अन्तिम फैसला नआएसम्म विकल्पको विषयमा सोच्नै सक्दैनौँ । राज्यले अन्याय गर्यो गर्यो पार्टीबाट उहाँमाथी अन्याय हुन दिदैनौँ ।
यो विषयले लोसपा भित्र चरम असन्तुष्टी र विवाद रहेको छत्ताछुल्ल भएको छ नि ?
कुनै व्यक्तिको महत्वाकांक्षा हावी भएपछि यस्तै हुन्छ । व्यक्तिगत महत्वाकांक्षाका लागि मधेस र मधेसीका लागि लड्ने व्यक्तिमाथी अन्याय हुन दिदैनौँ । पार्टी भित्र कुनै किसिमको विवाद छैन । व्यक्तिगत महत्वाकांक्षाका लागि काम गर्नेको विकल्पसम्म हामी खोज्न सक्छौँ ।
यस्तै विवाद रहे के गर्नु हुन्छ ?
पार्टीलाई अहित हुनेगरी व्यक्तिगत महत्वाकांक्षा र स्वार्थका लागि काम गर्नेलाई नै हामीले पार्टीबाट कारबाही गर्ने छौँ ।