Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

लोसपा मधेसको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन





जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । लोसपाले सोनललाई आइतबार मधेश प्रदेशसभाको संसदीय दलका नेतामा चयन गरेको हो ।
यसअघि संसदीय दलका नेता रहेका प्रदेशसभा सदस्य अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा अदालतबाट दोषी ठहर भएपछि प्रदेशसभा सचिवालयले उनलाई निलम्बन गरेको थियो । अदालतले दोषी ठहर गरेपछि शर्मा सम्पर्कमा आएका छैनन् ।
बारा निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सोनल लोसपाका मधेश प्रदेशका अध्यक्ष पनि हुन् ।