जनकपुरधाम । सुरेन्द्र भण्डारी जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा जीतेपछि उहाँको समर्थकको उत्साह देख्ने लायक थियो । सबै जयजयकार गर्दै थिए । भण्डारी प्रमाणपत्र लिन संघको हलमा गइरहेको बेला समर्थकहरु अवीरले अर्कै माहौल बनाएका थिए ।