Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा ओली र मोदीबिच भेट हुने सम्भावना न्यून





काठमाडौँ ।
अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने भनिएको साइडलाइन वार्ताको सम्भावना क्षिण हुँदै गईरहेको छ ।
भारत भ्रमणमा नगएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता गराउने प्रयास भइरहेको छ । त्यो प्रयासमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफै लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयबाट नै यसका लागि प्रयास भइरहे पनि भारतीय पक्षबाट सकारात्मक जवाफ भने आएको छैन ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिका कारण दुई देशको बिचमा दुरी बढ्दै गइरहेको छ । सो दुरी कम गराउने काम अमेरिकाको भेटघाटले गर्ने आशा गरिएको थियो । तर त्यसको सम्भावना क्षीण हुँदै गइरहेको परराष्ट्र स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतका प्रधानमन्त्री मोदी एक रात मात्र अमेरिकामा मात्र बस्ने भएकाले पनि भेटघाट असम्भव देखिएको हो ।