Breaking 
सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक |

नेपालले अमेरिकासँग तीन टी–२० मैचको सिरिज खेल्ने





काठमाडौं ।
नेपालले आईसीसी विश्वकप लिग–२ अघि अमेरिकासँग तीन टी–२० आई खेलको सिरिज खेल्ने भएको छ ।
नेपाल र अमेरिकाबीच तीन टी–२० आई खेलको सिरिज अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने अमेरिकी पत्रर पिटर डेला पेनाले जनाएका छन् । त्यसपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ ।
दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज समेत हुनेछ ।
हाल नेपाली टोली भने क्यानडामा छ । नेपाल, क्यानडा र ओमानबीच लिग–२ सिरिज हुँदैछ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।
नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । उक्त सिरिज खेलेर नेपाल अमेरिका जानेछ ।