जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य वाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदानको जारी मतगणनामा अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले अग्रता कायम गरेका छन् । २ हजार ५ सय मतगणना हुँदा अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले १ हजार १ सय ७६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई मनिषरमण साहले १ सय ८७ मत ल्याएर पछ्याई रहेका छन् । जीतेन्द्रप्रसाद साहले १ सय ९६ मत ल्याएका छन् । १ हजार ७४ मत गन्न अझै बाँकी छ ।
जउवा संघको नयाँ नेतृत्वका लागि भएको मतदानमा ३हजार ५सय ७४ मत खसेको छ ।