Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

संसदको गतिरोध अन्त्य गर्न सभामुखले डाके प्रमुख दलहरुको बैठक





काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभामा भएको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्न लागेका हुन् । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक÷सचेतकलाई बोलाइएको छ ।
एमाले सांसद योगेश भट्टराईले संसदमा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादीले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो । माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।