जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य वाणिज्य संघको आज बिहानदेखि मतगणना जारी रहेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको मतगणना जारी रहेको छ । एक हजार मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारी अग्रस्थानमा रहेका छन् । भण्डारीलाई ४७७, मनिषरमण साह लाई ४३९ र जीतेन्द्रप्रसाद साहको ६७ मत आएको छ । अध्यक्षपदमा अहिलेसम्म १७ मत बदर भएको छ ।
यसैगरी महिला उपाध्यक्षमा एक हजार मतगणना हुँदा रिंकु साह ४६३, माया साह ३२९ र सरिता ठाकुर १९७ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षपदमा पाँच सयको मतगणना हुँदा मनोज साह २७५, अम्भु साह १३६ र विकास चौधरी ८१ मत ल्याएका छन् ।