Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको मतगणना शुरु





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघका विभिन्न पदका लागि मतगणना शुरु भएको छ । निर्वाचन समितिका अनुसार आज विहान सवा ७ बजेदेखि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको मतगणना शुरु भएको छ । रातीभरि सबै बक्सा खोली बैलेटलाई मिलाइएको थियो । मिलाउने कार्य आज विहान साढे ६ बजेसम्म चलेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार अम्भुप्रसाद साहले जानकारी दिएका छन् । विभिन्न पदका बैलेटहरु अर्को बक्सामा खस्न सक्ने आशंकालाई ध्यानमा राखी मिलाइएको छ ।
एक–एक सय बैलेटको गड्डी पनि बनाइएको छ । गिन्तीमा समय नलाग्ने निर्वाचन समितिका अधिकारीहरुले बताएका छन् । हिजो भएको मतदानमा कुल ३५सय ७४ मत खसेको थियो ।