Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको मतगणना शुरु





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघका विभिन्न पदका लागि मतगणना शुरु भएको छ । निर्वाचन समितिका अनुसार आज विहान सवा ७ बजेदेखि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको मतगणना शुरु भएको छ । रातीभरि सबै बक्सा खोली बैलेटलाई मिलाइएको थियो । मिलाउने कार्य आज विहान साढे ६ बजेसम्म चलेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार अम्भुप्रसाद साहले जानकारी दिएका छन् । विभिन्न पदका बैलेटहरु अर्को बक्सामा खस्न सक्ने आशंकालाई ध्यानमा राखी मिलाइएको छ ।
एक–एक सय बैलेटको गड्डी पनि बनाइएको छ । गिन्तीमा समय नलाग्ने निर्वाचन समितिका अधिकारीहरुले बताएका छन् । हिजो भएको मतदानमा कुल ३५सय ७४ मत खसेको थियो ।