Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक





काठमाडौ ।
आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले शनिबार साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय निर्धारण गरिएको छ ।
यस्तै उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते नै साँझ ५ बजे हुनेछ भने उम्मेदवारमाथी दाबी विरोध असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते दिउसो २ बजेसम्म रहेको छ । यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते अपरान्ह ४ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली असोज ५ गते साँझ ६ बजे प्रकाशन हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ भने संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखा मनोनयन दर्ता असोज १० गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ ।
कार्यतालिका अनुसार असोज १२ गते बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म हुने र मतगणना पनि मतदान कार्य सकिए लगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन भइसकेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए । उनका अनुसार कार्यतालिकामा उल्लेखित सबै कार्यक्रम सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा सम्पन्न हुने र मतदान गर्ने समय समाप्त भए पछि मतगणना कार्य सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा हुने जनाइएको छ ।