Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक





काठमाडौ ।
आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले शनिबार साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय निर्धारण गरिएको छ ।
यस्तै उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते नै साँझ ५ बजे हुनेछ भने उम्मेदवारमाथी दाबी विरोध असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते दिउसो २ बजेसम्म रहेको छ । यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते अपरान्ह ४ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली असोज ५ गते साँझ ६ बजे प्रकाशन हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ भने संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखा मनोनयन दर्ता असोज १० गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ ।
कार्यतालिका अनुसार असोज १२ गते बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म हुने र मतगणना पनि मतदान कार्य सकिए लगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन भइसकेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए । उनका अनुसार कार्यतालिकामा उल्लेखित सबै कार्यक्रम सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा सम्पन्न हुने र मतदान गर्ने समय समाप्त भए पछि मतगणना कार्य सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा हुने जनाइएको छ ।