Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनिता विलियम्स र बुच विल्मोरले अन्तरिक्षबाटै मतदान गर्ने





एजेन्सी ।
सय दिनदेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पत्रकार सम्मेलन गरेका छन् ।
यस क्रममा सुनिता र बुचले धेरै प्रश्नका जवाफ दिएका छन् । दुवैले अमेरिकी चुनावमा अन्तरिक्षबाटै मतदान गर्ने बताएका छन् ।
भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने– आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरिएको छ । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौँ भनेर काम गरिरहेको छ ।
सुनिता विलियम्सले आफू अन्तरिक्षबाट भोट गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरिएको बताए । सुनिता र बुचले अन्तरिक्ष स्टेसनका लागि गत जुन ५ मा उडान गरेका थिए भने जुन ६ मा गन्तव्यमा पुगेका थिए । उनीहरू जुन १३ मा फर्किने भनिएको थियो ।
तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडी आएपछि उनीहरू फर्किन पाएनन् । यान भने रित्तै पृथ्वीमा फर्किसकेको छ । अब उनीहरू चाहिँ सन् २०२५ मा मात्रै पृथ्वीमा फर्किने सम्भावना छ ।