Breaking 
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने | भूमि सम्बन्धि अध्यादेशमा समर्थन नगर्ने जसपा नेपालको निर्णय |

सुनिता विलियम्स र बुच विल्मोरले अन्तरिक्षबाटै मतदान गर्ने





एजेन्सी ।
सय दिनदेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पत्रकार सम्मेलन गरेका छन् ।
यस क्रममा सुनिता र बुचले धेरै प्रश्नका जवाफ दिएका छन् । दुवैले अमेरिकी चुनावमा अन्तरिक्षबाटै मतदान गर्ने बताएका छन् ।
भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने– आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरिएको छ । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौँ भनेर काम गरिरहेको छ ।
सुनिता विलियम्सले आफू अन्तरिक्षबाट भोट गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरिएको बताए । सुनिता र बुचले अन्तरिक्ष स्टेसनका लागि गत जुन ५ मा उडान गरेका थिए भने जुन ६ मा गन्तव्यमा पुगेका थिए । उनीहरू जुन १३ मा फर्किने भनिएको थियो ।
तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडी आएपछि उनीहरू फर्किन पाएनन् । यान भने रित्तै पृथ्वीमा फर्किसकेको छ । अब उनीहरू चाहिँ सन् २०२५ मा मात्रै पृथ्वीमा फर्किने सम्भावना छ ।