Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, मतगणना आजै राति १० बजेपछि हुने





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज अबेर साँझ मतदान सम्पन्न भएको छ । बिहान ९ बजेर १५ मिनेटमा शुरु भएको मतदान अबेर साँझ ७ बजेसम्म चलेको थियो । वर्षाले मतदानलाई प्रभावित गरेपछि मतदान प्रकृया निर्धारित समयभन्दा पछाडी धकेलिएको थियो ।
जउवा संघमा कुल ४ हजार ७६ मतदाता रहेकोमा त्यसको ८८ प्रतिशत अर्थात ३ हजार ५ सय ७४ मत खसेको निर्वाचन समितिका सदस्य कृष्ण दिक्षितले जानकारी दिए ।
मतदान सम्पन्न भए लगत्तै मतगणनाको प्रकृया समेत अगाडी बढाइएको उनले बताए । दिक्षितका अनुसार मतगणना आजै राति १० बजेपछि शुरु हुनेछ ।
जउवा संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा जितेन्द्र प्रसाद साह, सुरेन्द्र भण्डारी र मनिषरमण साह चुनावी प्रतिस्पर्धामा रहेका छन् ।