जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज अबेर साँझ मतदान सम्पन्न भएको छ । बिहान ९ बजेर १५ मिनेटमा शुरु भएको मतदान अबेर साँझ ७ बजेसम्म चलेको थियो । वर्षाले मतदानलाई प्रभावित गरेपछि मतदान प्रकृया निर्धारित समयभन्दा पछाडी धकेलिएको थियो ।
जउवा संघमा कुल ४ हजार ७६ मतदाता रहेकोमा त्यसको ८८ प्रतिशत अर्थात ३ हजार ५ सय ७४ मत खसेको निर्वाचन समितिका सदस्य कृष्ण दिक्षितले जानकारी दिए ।
मतदान सम्पन्न भए लगत्तै मतगणनाको प्रकृया समेत अगाडी बढाइएको उनले बताए । दिक्षितका अनुसार मतगणना आजै राति १० बजेपछि शुरु हुनेछ ।
जउवा संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा जितेन्द्र प्रसाद साह, सुरेन्द्र भण्डारी र मनिषरमण साह चुनावी प्रतिस्पर्धामा रहेका छन् ।