Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वन निर्देशनालयको मोटरसाइकल चोरी, सरकारी गाडीको दुरुपयोग (भिडियो पनि)





जनकपुरधाम
मधेश प्रदेश वन निर्देशनालय जनकपुरधामको मोटरसाइकल चोरी भएको छ । जनकपुरधामको वकिल महल्ला स्थित अक्षर विद्या मन्दिर नजिक ती मोटरसाइकल लिएर कर्मचारी गएको बेला शुक्रवार चोरी भएको छ ।
अनटेस्ट रहेको सो मोटरसाइकल चोरी भएको दृश्य सीसी टिभिमा देखिएको छ । चोरी भएको गाडीको प्रहरीले अनुसन्धान गरिरहेको छ । कार्यालय समयमा कर्मचारी व्यक्तिगत कामको क्रममा वकिल महल्ला पुगेका थिए ।
कार्यालय समयमा सरकारी गाडीको कसरी दुरुपयोग भइरहेको यो चोरीकाण्डले पनि प्रष्ट भएको छ । वन निर्देशनालयका निर्देशक जगरनाथप्रसाद जयसवाल स्वयं गाडीको दुरुपयोग गर्नेमा चर्चित रहेका छन् । उहाँको अन्य सहयोगीहरु पनि यसरी दुरुपयोग गर्ने गर्छन् ।