Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस सरकारले संविधान दिवस भव्यतापूर्वक मनाउने





जनकपुरधाम ।
मधेश प्रदेश सरकारले असोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापुर्वक मनाउने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयले संविधान दिवस मनाउने विषयमा सम्बन्धित सरोकारवालाहरु सँग छलफलका लागि आयोजना गरेको बैठकमा संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको हो । संविधानप्रति असन्तुुष्टी राख्दै आईरहेको जनमतको नेतृत्वमा सरकार रहेपनि मधेस सरकारमा एमाले तथा कांग्रेस महत्वपूर्ण भूमिकामा पुगेपछि संविधान दिवसलाई भव्य बनाउने निर्णयमा पुगेको हो । यो निर्णयसंगै मधेस सरकार स्थापनाको ७ वर्षपछि पहिलोपटक संविधान दिवस भव्यतापूर्वक मनाउन लागिएको हो ।
संविधान दिवसका दिन बिहान ७ बजे मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधामको रमानन्द चोक बाट प्रभात रैली निकाल्ने र त्यस लगत्तै संविधान र संघियताको विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिने मन्त्रालयका निमित प्रमुख एवम कानून अधिकृत संदिप सिंहले जानकारी दिए ।
उनका अनुसार संविधान दिवसका दिन हुने कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री ,मन्त्रीगण ,विभिन्न राजनीतिकदलको संसदीय दलका नेता , प्रदेशसभा सदस्य , कर्मचारी ,चारवटै सुरक्षा निकाय , क्याम्पसमा पढने विद्यार्थी र पत्रकारहरुको सहभागिता रह्ने बताए । मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रतिनिधि ,धनुषाका प्रमुख जिल्ला अधिकारी ,मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केशव सुवेदी , मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गृह,सञ्चार तथा कानून मन्त्री लेखीले संविधानको सफल कार्यान्वयन हुँदै गएकाले मधेश प्रदेश सरकारले यस वर्ष संविधान दिवसलाई भव्यताका साथ मनाउन लागेको बताए ।