Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको मतदान जारी, २ घण्टामा साढे ६ सय बढी मतदान

वर्षाले प्रभावित गर्न सकेन मतदान





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ । निर्वाचन समितिका संयोजक ललित साहका अनुसार आज बिहान ९ बजेर १५ मिनेटमा शुरु भएको मतदान ५ बजेसम्म चल्ने छ । मतदान शुरु भएको २ घण्टामा ६ सय ५० बढी मत खसेको साहले जानकारी दिए । संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् ।
मतदान जारी रहेकै क्रममा वर्षा हुँदा समेत मतदानलाई प्रभावित गर्न सकेन ।
जनकपुरधाम उद्योग वाणिज्य संघको प्राङ्गणमै मतदान केन्द्रहरु तोकिएका छन् । मतदाताहरुका लागि बाहिरबाट मतदानका लागि प्रवेश गर्न २ वटा लाइनको व्यवस्थापन गरिएको छ । त्यस्तै जउवा संघको भित्री प्राङ्गणमा मतदाताहरुका लागि ४ वटा लाइन बनाइएको छ । एक समयमा ३० जनासम्म मतदाताले मतदान गर्न सक्नेगरी व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक साहका अनुसार स्वास्तिक चिन्ह लगाउन ३० वटा स्थान बनाइएको छ ।
संघको अध्यक्ष पदकालागि जीतेन्द्रप्रसाद साह, मनिषरमण साह र सुरेन्द्र भण्डारी चुनावी प्रतिस्पर्धामा छन् ।
आज रातिदेखि मतगणना गरिने जानकारी निर्वाचन समितिका संयोजक साहले दिए ।