Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा बालश्रमको अवस्था भयावह

डेढ लाख बढी बालबालिका बालश्रममा





जनकपुरधाम ।
नेपालमा आज ६०औँ राष्ट्रिय बाल दिवस देशभरी मनाइदै छ । बालअधिकारको क्षेत्रमा कार्य गर्ने हरेकका लागि राष्ट्रिय बाल दिवस महत्वपूर्ण लाग्ने गर्छ भने बालबालिकाले त यसलाई अझ विशेष पर्व नै मान्ने गर्छन् ।
संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गर्नु पूर्व नेपाल बाल संगठनकी संस्थापक अध्यक्ष तत्कालीन वडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको जन्मोत्सवको अवसर पारेर वि. सं. २०२२ भदौ ४गतेदेखि राष्ट्रिय बाल दिवस मनाउन सुरु गरे पनि उक्त महासन्धिलाई नेपालले १४ सेम्टेम्बरमा निशर्त अनुमोदन गरेपछि अर्थात् भदौ २९ गते मनाउँदै आइरहेको छ ।
विद्यालयमा सहभागिता र गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितताका लागि अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ अन्तर्गत नेपाल सरकारद्वारा तोकिएको उमेर समूहका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराइन्छ । राष्ट्रिय जनगणना २०७८को तथ्याङ्कअनुसार ७ लाख ९५ हजार विद्यार्थी प्रवेश गरेका छन भने २ लाख १३ हजार बालबालिका अझै पनि विद्यालयको पहुँचभन्दा बाहिर छन् । विद्यालय बाहिर रहेका अधिकांश बालबालिका बालश्रममा लागेको पाइन्छ ।
मधेस प्रदेशमा त बालश्रमिकको अवस्था झनै भयावह रहेको छ । मधेसमा विद्यालय पहुँचभन्दा बाहिर रहेका डेढ लाख बढी बालबालिका बालश्रममा रहेको एक तथ्यांकले देखाउँछ ।
प्रदेशका अधिकांश जिल्लाहरूमा विद्यालय पहुँचभन्दा बाहिर रहेका ५ वर्षदेखि १७ वर्ष उमेर समूहका वालश्रमिकको संख्या १ लाख ७२ हजार रहेको पाइएको हो । आसमान नेपाल गरेको एक सर्वेका अनुसार बालश्रमिकमध्ये सहरी क्षेत्रमा मात्र १२.४ प्रतिशत रहेका छन् भने ग्रामीण क्षेत्रमा बाल श्रमिकको संख्या तुलनात्मक रूपमा कम अर्थात् ९.८ प्रतिशत बालश्रममा रहेका छन् । गरिबी तथा अशिक्षाका कारण बालश्रमिक मध्ये ३.४ प्रतिशत अर्थात् ५० हजार ९सय३२ जना बालश्रमिकहरू जेखिमपूर्ण कार्यमा संलग्न रहेका छन् ।
मधेस प्रदेशका जिल्लाहरूमा विद्यालय जाने उमेर समूहका बालबालिकाको संख्या १४ लाख ९८ हजार रहेको छ