Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अभ्यास खेलमा नेपाल विजयी





काठमाडौं ।
नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ ।
जितकालागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १सय ८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए ।
नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एक÷एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७.५ ओभरमा २४७ रनमा अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउद ८, भीम सार्की २१, रोहित कुमार पौडेल ३३, आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए ।
त्यस्तै अनिल शाह ३७ बलमा ४ चौका र २ छक्कासहित ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले दुई÷दुई विकेट लिए ।