जनकपुरधाम ।
पूर्व पश्चिम राजमार्गको धनुषाको ढल्केवरको मुख्य चौक तथा गोल पार्कमा लगाइएको नेपाली झण्डा आज फेरिएको छ ।
गत वर्ष लगाइएको झण्डा पुरानो भएपछि मिथिला उद्योग वाणिज्य संघ, खानेपानी उपभोक्ता समिति, मिथिला नगर युवा संजाल, लायन्स क्लव, स्थानीय जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी, प्रहरी, युवाहरुको संयुक्त साथ, समन्वय र सहयोगमा आज नयाँ झण्डा लगाइएको जानकारी ढल्केवरवाट पत्रकार विनोदकुमार महतोले दिएका छन् । सो स्थान मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वारको रुपमा रहेको छ ।
झण्डा फेरिएपछि चौक सुन्दर देखिन थालिएको छ ।
फोटो सौजन्य –विनोदकुमार महतो