Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

जनकपुरधाम उद्योग वाणिज्य संघको मतदान बिहान ९.१५ देखि शुरु





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । निर्वाचन समितिसँग आबद्ध परमेश झाका अनुसार आज बिहान ९.१५ देखि मतदान शुरु भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको प्रागंणमा मतदान केन्द्र बनाइएको छ । मतदाताहरुका लागि बाहिरवाट २ वटा लाइन बनाइएको छ भने भित्र ४ वटा लाइन रहेको छ । एक समयमा ३० जनाले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । निर्वाचन समितिका सदस्य कृष्ण दीक्षितका अनुसार स्वास्तिक चिन्ह लगाउन ३० वटा स्थान बनाइएको छ ।
संघको अध्यक्षपदमा जीतेन्द्रप्रसाद साह, मनिषरमण साह र सुरेन्द्र भण्डारी बीच प्रतिस्पर्धा भइरहेको छ ।
मतदान बेलुका ५ बजे सम्म हुनेछ । संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् । आज रातिदेखि मतगणना गरिने जानकारी निर्वाचन समितिका संयोजक ललित साहले दिइका छन् ।