Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम उद्योग वाणिज्य संघको मतदान बिहान ९.१५ देखि शुरु





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । निर्वाचन समितिसँग आबद्ध परमेश झाका अनुसार आज बिहान ९.१५ देखि मतदान शुरु भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको प्रागंणमा मतदान केन्द्र बनाइएको छ । मतदाताहरुका लागि बाहिरवाट २ वटा लाइन बनाइएको छ भने भित्र ४ वटा लाइन रहेको छ । एक समयमा ३० जनाले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । निर्वाचन समितिका सदस्य कृष्ण दीक्षितका अनुसार स्वास्तिक चिन्ह लगाउन ३० वटा स्थान बनाइएको छ ।
संघको अध्यक्षपदमा जीतेन्द्रप्रसाद साह, मनिषरमण साह र सुरेन्द्र भण्डारी बीच प्रतिस्पर्धा भइरहेको छ ।
मतदान बेलुका ५ बजे सम्म हुनेछ । संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् । आज रातिदेखि मतगणना गरिने जानकारी निर्वाचन समितिका संयोजक ललित साहले दिइका छन् ।