Breaking 
मधेस कृषि विश्वविद्यालयको पठनपाठन बाहेकका सम्पूर्ण कार्यक्रम बन्द | बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने |

जउवा संघको मतदानमा सहभागी हुने मतदाताका लागि आचारसंहिता सार्वजनिक





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने मतदानमा सहभागी हुने मतदाताकालागि निर्वाचन समितिले आचारसंहिता सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक ललितकुमार साहले निर्वाचनमा भाग लिएका उम्मेदवारहरूसंग छलफल गरी निर्वाचन स्वच्छ, पारदर्शि, शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी मतदाताहरुका लागि आचारसंहिता सार्वजनिक गरेको हो ।

आचारसंहितामा मतदान गर्न आउने मतदाताले आफनो मतदाता परिचय पत्र अनिवार्य रूपमा लिएर आउनु पर्ने, मतदाताको परिचयलाई थप पुस्टी गर्न फोटो समेत रहेको अन्य सरकारी परिचय पत्र समेत ल्याउनु पर्ने, मतदाता परिचय पत्रका अतरिक्त अन्य प्रमाण पत्र परिचय पत्र लिएर नआएको आधारमा मतदान गर्न रोक नलगाइने, मतदाता परिचय पत्र नपाएको अवस्थामा परिचय खुल्ने फोटो समेत रहेको सरकारी परिचय पत्र र स्थाई लेखा नम्बर समेत देखाएर मतदान गर्न पाउने, मतदान केन्द्रमा मोवाईल, क्यामरा प्रतिबन्ध गरिने लगायतका आचारसंहिता तय गरिएको छ ।