Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

नेटोबिरुद्ध युद्धमा उत्रने रुसी राष्ट्रपति पुटिनको चेतावनी





एजेन्सी ।
युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा छलफल चलिरहेका बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोसँग आफ्नो देश युद्धमा उत्रने खतरा रहेको चेतावनी दिएका छन् । पुटिनले भने, ‘यदि युरोप र अमेरिकाले युक्रेनलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नेटो र रुसबीच युद्ध हुन सक्छ ।’
यसैबीच, रुसी सञ्चारमाध्यमका अनुसार रुसले ६ जना बेलायती कूटनीतिज्ञलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ । रुसको गुप्तचर एजेन्सी एफएसबीले उनीहरूको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ ।
पुटिनले सरकारी टेलिभिजनमा भने– यसको मतलब युक्रेन युद्धमा नेटो देशहरू– अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता । ‘यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ’, उनले भने ।
राष्ट्रपति पुटिनले थपे, ‘यदि यस्तो भयो भने हामीमाथिको खतराका आधारमा हामीले निर्णय लिनुपर्नेछ ।’ अर्कातर्फ बेलायती प्रधानमन्त्री कियर स्टारमरले यो युद्ध रुसले सुरु गरेको हुनाले यसलाई उसैले तत्काल रोक्नसक्ने बताएका छन् ।