Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेटोबिरुद्ध युद्धमा उत्रने रुसी राष्ट्रपति पुटिनको चेतावनी





एजेन्सी ।
युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा छलफल चलिरहेका बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोसँग आफ्नो देश युद्धमा उत्रने खतरा रहेको चेतावनी दिएका छन् । पुटिनले भने, ‘यदि युरोप र अमेरिकाले युक्रेनलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नेटो र रुसबीच युद्ध हुन सक्छ ।’
यसैबीच, रुसी सञ्चारमाध्यमका अनुसार रुसले ६ जना बेलायती कूटनीतिज्ञलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ । रुसको गुप्तचर एजेन्सी एफएसबीले उनीहरूको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ ।
पुटिनले सरकारी टेलिभिजनमा भने– यसको मतलब युक्रेन युद्धमा नेटो देशहरू– अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता । ‘यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ’, उनले भने ।
राष्ट्रपति पुटिनले थपे, ‘यदि यस्तो भयो भने हामीमाथिको खतराका आधारमा हामीले निर्णय लिनुपर्नेछ ।’ अर्कातर्फ बेलायती प्रधानमन्त्री कियर स्टारमरले यो युद्ध रुसले सुरु गरेको हुनाले यसलाई उसैले तत्काल रोक्नसक्ने बताएका छन् ।