Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

लोसपा महाधिवेशनको तयारीमा जुट्यो





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वैशाखमा गर्ने तय भएको पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । हाल निष्क्रिय जस्तै रहेको लोसपाले वैशाख २६ गतेका लागि महाधिवेशनको मिति तय गरेपछि पार्टीका नेताहरू अहिले सक्रिय भएका हुन् ।
लोसपाले महाधिवेशनको मिति तय भएसँगै विभिन्न बैठकहरू पनि आयोजना गर्न थालेको छ भने कात्तिक मसान्तसम्म सदस्यता वितरण अभियान सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैबिच, महाधिवेशन तयारीका लागि लोसपा नेपालको मधेस प्रदेश समितिले भदौ ३१ गते बैठक बोलाएको छ । सो बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ ।
यस्तै पार्टीले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू बनाउने समेत तयारी गरेको छ । त्यसका लागि अध्यक्ष महन्थ ठाकुरले शीर्ष नेताहरूको बैठक समेत बोलाउन लागेको सो पार्टीका महासचिव मनिष मिश्रले बताए । महाधिवेशनअघि नै पार्टीलाई सुदृढीकरण गर्ने गरी कामकाजलाई अगाडि बढाउने गरी समितिहरू गठन गर्ने तयारी रहेको उनले बताए ।
पार्टीमा केन्द्रीय समितिका साथै कार्यकारिणी समिति छन् भने केही भ्रातृ संगठन रहेका छन् । त्यसबाहेक पार्टीमा अरू कुनै पनि संगठनहरु छैनन् । अब पार्टीले महाधिवेशनभन्दा पहिले सबै कमिटीहरू बनाउने तयारी गरेको उनको भनाइ छ ।
लोसपाका ३१ वटा भातृ तथा शुभेच्छुक संगठन रहेका छन् । त्यसमध्ये हालसम्म लोकतान्त्रिक विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघलाई मात्र पूर्णता दिइएको छ । अरू संगठनको बारेमा गृहकार्य भइरहेको छ ।
जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले २०७८ भदौमा लोसपा नेपाल गठन गरेका थिए । लोसपा नेपालको अन्तरिम विधान अनुसार पाँच वर्ष महाधिवेशन गर्ने गरिसक्नु पर्ने उल्लेख छ । सोही विधान अनुसार महाधिवेशनको तयारीमा लोसपा लागेको छ ।