Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

पर्सामा ट्यांकरको ठक्करबाट युवकको मृत्यु, भन्सार जाँच चौकी क्षेत्र तनावग्रस्त





जनकपुरधाम ।
वीरगन्ज महानगरपालिकाको अलौं स्थानीयको प्रदर्शनका कारण तनावग्रस्त बनेको छ । बिहिबार ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि अलौं तनावग्रस्त भएको हो ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका वीरगन्ज–१७ अलौंका २२ वर्षीय टिनुकुमार साह तुराहाको मृत्यु भएको छ । उनको बिहिबार अबेर राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याङ्कर चालकको लापरबाहीले मोटरसाइकल चालकको मृत्यु भएको भन्दै बिहानैदेखि एकीकृत भन्सार जाँच चौकी (आइसीपी) एरियामा स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रहरीकाअनुसार स्थानीयले बिहान ६ बजेदेखि ठाउँ ठाउँमा टायर बालेर प्रदर्शनमा उत्रेका छन् । दोषीलाई ट्याङ्कर चालकलाई कारबाहीको माग गर्दै अलौंका स्थानीय प्रदर्शनमा उतरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीकाअनुसार घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयका कारण अलौंस्थित एकीकृत जाँचपोष्ट क्षेत्र तनावग्रस्त भएको छ । मृतक तुराहाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनकाअनुसार मृतक पक्षका आफन्त र सरोकारवालाबिच अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेको छ । ‘त्यस छलफलमा जे निचोड आउँछ, त्यहीअनुसार सबै जना अगाडि बढ्नेछौँ,’ उनले भने ।
बिहिबार ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिएको थियो । जसमा मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए । ट्याङ्कर र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ ।